अध्यागमन ऐन, २०४९ अनुसार नेपाल राज्यभित्र विदेशीहरुको प्रवेश, उपस्थिति र प्रस्थानलाई नियमित तथा नेपाली नागरिकहरुको आगमन र प्रस्थानलाई व्यवस्थित गर्न नेपाल सरकारले अध्यागमन विभागको स्थापना गरेको हो । अध्यागमन विभाग मार्फत अध्यागमन प्रशासन सञ्चालन भइरहेको छ । विभाग अन्तर्गत विभिन्न अध्यागमन कार्यालयहरु रहेका छन् । ती कार्यालयहरु मध्ये अध्यागमन कार्यालय विराटनगर (ICP) पनि एक हो । यो कार्यालय वि.सं. २०७५/११/३० गतेदेखि सञ्चालनमा आएको हो ।