पर्यटक भिसा अध्यागमन कार्यालय, त्रि. अ. बि. तथा बिदेश स्थित नेपाली दूताबास तथा कुटनैतिक नियोगबाट प्राप्त गर्न सकिन्छ भने पर्यटक भिसाको म्याद थप गर्ने कार्य अध्यागमन विभाग तथा शाखा कार्यालयहरुबाट हुने गर्दछ।
१.शाखाबाट प्रवाह हुने सेवाहरु:
(क) पर्यटक भिसाको म्याद थप (१५० दिन भित्रको)
२. आवश्यक कागजातहरु:
(क) पर्यटक भिसाको म्याद थप गर्न आवश्यक कागजातहरु:
- अनलाइन निवेदनको प्रिन्टेड कपी
- राहदानी तथा चालू भिसाको फोटोकपी
- पासपोर्ट बाहक स्वयं उपस्थिति हुनुपर्ने ।
३. लाग्ने दस्तुर:
- भिसाको म्याद थप गर्दा नियमानुसारको शुल्क लाग्ने छ।